प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १०:५८

मकवानपुर । आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ।

सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो ।
बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक(२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले “नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले गएको २४ गते ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो । विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् । संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णायार्थ पेस गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*