संसदीय छानबिन समितिको बैठक शुक्रबार बस्दै

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १०:३२

मकवानपुर । संसदीय छानबिन समितिको बैठक आज शुक्रबार बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न सुरू गरिनेछ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*