समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार १४:२२

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको छ । ललितपुरस्थित एक निजी घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष दाहालले उक्त प्रस्ताव गर्नुभएको हो ।

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराईलगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा डा. भट्टराईसँग भेट भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*