जनार्दनमाथि छानबिन समितिको तीन घण्टा बयान, आरोप अस्वीकार

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार १२:२०

मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ । बिहीबार सिंहदरबारस्थित समितिको बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गर्नुभएको छ ।

छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग आफुले सोधेको सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ । तर, उहाँले छलफलमा आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताएका छन् ।
उहाँले सिसिटिभी अहिलेसम्मको दृश्य रहन्छ भन्ने आफूलाई थाहा नभएको दाबी गर्दै सुरक्षाकर्मी र मर्यादापालकलाई त्यसबारे सोध्न सकिने बताउनुभएको छ । बजेट निर्माणमा कुनै बाह्य व्यक्त्रिको संलग्नता नभएको दाबी गर्नुभएको छ । बजेट विधिअनुसार नै बनाएको उहाँको भनाइ छ ।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो ।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*