करारका कर्मचारीको म्याद थप गर्न महासंघको माग

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार ११:०५

मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो । स्थानीय तहमा सरसफाई, सवारी चालक, स्वास्थ्यकर्मी र शिक्षकहरूको ठूलो संख्या करारमा रहेको छ ।

महासंघले करार सेवाका कर्मचारीहरू एकमुष्ठ हटाउँदा स्थानीय सरकारका काम कारबाहीमा पनि असर पर्ने जिकीर गरेको छ। गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा लोक सेवा तथा प्रदेश लोक सेवाबाट दरबन्दीका नयाँ कर्मचारी नआएसम्मका लागि करारका कर्मचारीलाई नै निरन्तरता दिनुपर्ने माग गरिएको छ । भईरहेको करार नवीकरण नगर्ने र पुनः अरूलाई करारमा भर्ति गर्नु उचित नहुने भन्दै उनीहरूले लोकसेवाबाट दरबन्दीका कर्मचारी आएपछि गाउँसभाले राखेका करारका कर्मचारीको अवधि स्वतः सकिने बताएका छन् । देशभरका स्थानीय तहमा १७ हजार बढी करारका कर्मचारी रहेकोमा साउन १ गतेदेखि उनीहरू बेरोजगार भएका छन् ।

जसकार कारण अधिकांश स्थानीय तहमा रोजगारी गुमेका कर्मचारी आन्दोलित छन् भने सेवा प्रवाह समेत रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*