कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १६:२३

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ ।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि त्याे पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गएकाे हप्ता त्याे पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले नियुक्ति गर्नुभएको हो ।

संसदमा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*