संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १०:२६

मकवानपुर । संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ । बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला तथा सामाजिक समितिको प्रतिवेदनसहितको जेष्ठ नगरिक (पहिलो संसोधन) विधेयक,२०७५ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतको कार्यसूची रहेको सचिवालयले जनाएकाे छ ।

त्यस्तै, राष्ट्रिय सभकाे बैठक भने दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*