विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १५:४९

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ । ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराउनुभएको हो । प्रधानमन्त्री देउवाले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरूको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरूले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा इन्जिनियरहरूलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*