कानून समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:२८

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध गर्नुभएको हो ।

आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेपनि वास्ता नगरेको गुनासो गर्नुभयो । आयोगका अध्यक्ष मगरले सिफारिस भएका विषयमा दुविधा नराखी सरकारले कार्यान्वयन नगरेका कारण मानव अधिकार हननका घटना बढेको बताउनुभयो । आयोगको सिफारिसलाई सरकारले बेवास्ता गरेका कारण संसदीय समितिले चासो लिएर सरकारसँग जवाफ मागिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष मगरले कोभिड–१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख गर्नुभयो । अध्यक्ष मगरले कोभिड–१९ महामारीको समयमा आम नागरिकको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*