हराएको सीसीटीभी फुटेज पुनः प्राप्ती बारे छानविन समितिले विज्ञसँग छलफल गर्ने

पूर्वअर्थमन्त्री शर्मासँग पनि सोधपुछ गरिने
बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:२५

मकवानपुर । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ ।

आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हाे । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो ।

चालू आर्थिक वर्षको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेशको विषयमा सोमबारको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको थियो । समितिले सीसीटीभी फुटेज मगाएपनि जेठको रेकर्ड दिनुपर्नेमा मन्त्रालयले असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराएको थियो ।

डिलिट भएको सीसीटीभी फुटेज पुनः प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुको सहयोग लिन लागिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*