कांग्रेस नेतृत्वको सरकार छाडेर वामपन्थी एकतामा आउन अध्यक्ष ओलीको आह्वान

बकैया दर्पण संवाददाता
१ श्रावण २०७९, आईतवार १०:४१

मकवानपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन वामपन्थी राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि बामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बामपन्थी एकताका लागि ओलीलाई आग्रह गर्नु भएको थियो । उहाँले कांग्रेस नेतृत्वको सरकार छाडेर आएमात्रै बामपन्थी दलहरूबीच एकताका लागि आफू र आफ्नो पार्टी तयार हुने शर्त राख्नुभयो । अध्यक्ष ओलीले कम्युनिष्ट नेतृत्वको सरकार ढालेर हिँड्नेहरू वामपन्थी हुनै नसक्ने जिकीर गर्दै यदि छन् भने एकताका लागि आफू तयार रहेको पटक–पटक बताउनुभयो ।

उहाँले कांग्रेसलाई छोडेर वाम एकताका लागि आउने हो भने आफूले मुलुकको हितमा काम गर्ने सरकार बनाउन चाहेको पनि बताउनुभयो । ओलीले नेपालको इतिहासमै सबैभन्दा बढि मुलुकको राष्ट्रियता र स्वाभिमानमाथि हुर्मत लिने काम गरेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । २००७ सालदेखि २०१२ सालसम्म पनि नेपालको राष्ट्रियतामाथि ठूलै प्रहार गरेको उल्लेख गर्दै उहाँले त्यसयता वर्तमान कांग्रेस नेतृत्वको सरकारले पनि मुलुकको राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाउनुभयो । तथ्य र प्रमाणहरू आफूसँग भएको उल्लेख गर्दै ओलीले नाकाबन्दी र नेपालको नक्सा राष्ट्रको हितमा परिवर्तन गर्दा आफूले दुई पटकनै सरकारको नेतृत्व छोड्नुपरेको गुनासो समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*