गभर्नर अधिकारीमाथि छानविनको माग गर्दै प्रधानमन्त्रीलाई वाईसीएलको ज्ञापनपत्र

बकैया दर्पण संवाददाता
३२ असार २०७९, शनिबार १३:४१

मकवानपुर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानविन गर्न नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालालाई भेटेर वाईसीएलले गभर्नर अधिकारीलाई पदमुक्त गरी छानविन गर्न माग गरेको हो ।

प्रधानमन्त्री देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।

साथै वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको छ ।

यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नरहेको वाईसीएलले चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*