कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
३२ असार २०७९, शनिबार १३:१७

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शनिबार) पनि बस्दैछ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका शीर्ष नेता एवं पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यसअघिकाे बैठकमा पार्टी र समसामयिक राजनीतिक विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना धाराणा राखेका थिए । गत बिहीबारको बैठकमा केन्द्रीय सदस्यले धाराणा राख्ने क्रम सकिएपछि शनिबार पदाधिकारीले धारणा राख्ने भएका हुन् ।

केन्द्रीय सदस्यहरूले लोकप्रिय हुने पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीकाे विषयमा समेत प्रश्न उठाएका छन् ।

पदाधिकारीले शनिबारदेखि केन्द्रीय सदस्यले उठाएका यीनै विषयमाथि धारणा राख्ने भएका छन् । कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी जम्मा १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने मनोनित गर्न बाँकी रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*