सामाजिक सुरक्षा संशोधन विधेयक पारित गर्न गृहमन्त्रीको आग्रह

बकैया दर्पण संवाददाता
३१ असार २०७९, शुक्रबार १०:१८

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।

उहाँले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँणले विधेयकमा अपाङ्गता भएका व्यक्तिहरूको बारेमा सांसदहरूले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले सरकारले तलब र पेन्सन लिइरहेकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन नपाउने व्यवस्था कायमै राखेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*