ओली-लिउ बालकोटमा भेटवार्ता

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १३:२२

मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिए । उनी ओली निवासमै दिवा भोजमा सरिक हुनेछन् ।

उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबार काठमाडौं आइपुगेका लिउले त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए । त्यस्तै उनले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । लिउले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*