आज राष्ट्रिय सभाकाे बैठक बस्दै

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १०:०६

मकवानपुर । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नेछन् ।

जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ रहेका छन् । यसैगरी, उनले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ पनि टेबुल गर्नेछन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*