जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १०:०४

मकवानपुर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्दैछ । बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा बैठक बोलाएको हो। अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् ।

पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । यद्यपि पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ । बैठकमा हाल पार्टीमा देखिएको अन्तरसंघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश-प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*