संसद् बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार १६:२६

मकवानपुर । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको यकिन गर्न माग गर्नुभएको थियो । तत्पश्चात् तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधबार बस्ने गरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*