शेखर काेइराला समूहकाे प्रदर्शनबीच कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार १५:४८

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताउनुभयो । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत भएको छ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्ने छ । अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*