नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार ११:२१

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएकाे छ । लामो समयपछि बस्न लागेको बैठकमा संस्थापन र संस्थापन ईतर पक्षले आ–आफ्ना तयारी गरेका छन् । केन्द्रीय समिति बैठक अघि आइतबार बसेको पदाधिकारी बैठकले कांग्रेसले पार्टीका भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो । उक्त विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेशगर्ने तयारी छ । केन्द्रीय समितिबाट विधान मस्यौदाको प्रस्ताव निर्णय हुने र सोही अनुसार भ्रातृ तथा शुुभेच्छुक संस्था थपघट हुने बताइएको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले करिब एक दर्जन संख्यामा भातृ शुभेच्छुक संस्था थप्ने प्रस्ताव गर्ने निर्णय पदाधिकारी बैठकले गरेको बताउनुभएकाे हाे। विभिन्न क्लस्टर, जात र भूगोल विशेषबाट आबद्धता खोजिएको उहाँले बताउनुभयाे । कांग्रेसमा हाल १३ वटा भातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मस्यौदा तयार गरिएको जनाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*