राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १२:४१

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेपछि राष्ट्रपतिबाट अन्तिम प्रमाणीकरण हुने व्‍यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*