प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार १५:३८

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमा उहाँले विशेष महाधिवेसनसहितको प्रस्ताव पेश गर्नुभएको थियो ।

यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ती’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राख्नु भएको थियो । उहाँले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*