महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

बकैया दर्पण संवाददाता
२३ असार २०७९, बिहीबार १३:१३

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको छ । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको हो ।

काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने प्रचण्डको तर्क छ ।

पार्टी नेता जनार्दन शर्माले ‘नैतिकताको आधार’ अर्थमन्त्रीबाट राजीनामा दिएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास असफल भएको टिप्पणी पनि गर्नुभएको छ । बैठक जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*