अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बनाइने

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार १६:१३

मकवानपुर । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो ।

‘संसदीय छानबिन समिति बनाउने सहमति भएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने। उनका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयार हुँदैछ ।

सहमतिअनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्यीय छानबिन समिति बनाउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*