आयोगले सरकार समक्ष आज निर्वाचनको मिति प्रस्ताव गर्ने

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार ०९:०६

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीहरुले आज बुधबार भेट गर्दैछन् । आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर संघिय निर्वाचनको मिति प्रस्ताव गर्ने भएका छन् ।

आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । आयोगले बुधबार मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताईएको छ । यसअघि कात्तिक ३० गते चुनाव गर्ने गरि सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो । त्यसपछि भने निर्वाचन गराउन विकट भौगोलिक जिल्ला तथा उच्च भेगमा कठिन हुने आयोगको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*