प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद बैठक आह्वान

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार १३:०७

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाउनु भएको हो ।

सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो । सोमबार जसपाबाट कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त हुनु भएको थियो ।
यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए। सोमबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण र कार्यभार सम्हाल्ने कार्यक्रम हुँदा मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । मंगलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बोलाउनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*