माओवादी केन्द्रीय समिति बैठक स्थगित

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार ११:३१

मकवानपुर । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ । पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो ।
यसअघि सोमबारको बैठकमा सहभागीहरूले चालु बैठकबाटै पदाधिकारी, स्थायी समिति र पोलिट ब्युरोको निर्णय गर्नुपर्नेमा जोड दिएपछि आन्तरिक छलफल गर्नका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य बिजय गौतमले जानकारी दिनुभयो ।
गत पुसमा सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष बनाएको थियो भने अन्य पदाधिकारीहरू चयन हुन सकेको छैन । मंगलबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि जावफ दिने कार्यक्रम रहेको थियो । मंगलबार स्थगित भएको बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*