बाबुराम पक्षले बोलायो समानान्तर बैठक

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार ०९:५८

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । यही असार २९ र ३० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पनि असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । जसपा विभाजन हुने कि नहुने भन्ने विषयमा विस्तारित बैठकले निर्णय गर्ने बताईएको छ । एउटै मितिमा दुई पक्षले समानान्तर बैठक डाकेपछि जसपा विधिवत रुपले विभाजनको बाटोका हिडेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*