माओवादी बैठकमा आज प्रचण्डले जवाफ दिने

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार ०९:५६

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय कमिटी बैठकमा आज मंगलबार अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरुमाथि जवाफ दिनुहुनेछ । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले प्रश्नहरुमाथि जवाफ दिन लाग्नुभएको हो ।

सोमबारको बैठकमा केन्द्रीय समितिको पदाधिकारी र स्थायी कमिटी गठन गर्नुपर्ने माग पनि उठेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका हुन् । सोमबार ४६ जना नेताहरूले आ आफ्नो धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*