कांग्रेस पदाधिकारी बैठक आज बस्दै, बैठकमा सभापति देउवा नजाने

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार ०९:५५

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ ।

बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि छलफल हुने छ । यस्तै, स्थानीय तह निर्वाचनको समिक्षा र भ्रातृ संस्थाहरुको सम्बन्धमा पनि छलफल हुने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरु तथा संसदीय बोर्ड गठनमा बेवास्ता गरेको भन्दै संस्थापन ईतर पक्षले छुट्टै भेला गर्ने अवस्था आएपछि बल्ल पदाधिकारी बैठक डाकिएको हो ।

यसैबिच, दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थिति नहुने जनाइएको छ । आजको बैठक नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*