मन्त्रिपरिषद् हेरफेर : कृषिमा सिंह, भौतिकमा राई

बकैया दर्पण संवाददाता
२० असार २०७९, सोमबार १३:०७

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्नुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०बाट सरकारमा गएको तीन मन्त्री परिर्वतन भएका भएका हुन् । प्रधानमन्त्रीले वन मन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने कायमै रहनुभएको छ । नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको थियो । यसअघि एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री परिवर्तन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*