एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने

बकैया दर्पण संवाददाता
२० असार २०७९, सोमबार ११:२८

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पर्ने छन् ।

यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*