माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
२० असार २०७९, सोमबार १०:१६

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक साेमबार पनि जारी रहने भएकाे हाे । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव लगायतका पदाधिकारीहरु चयनको टुंगो भने अझै लाग्न सकेको छैन् । पदाधिकारीका आकांक्षी धेरै देखिनु र महासचिवमा कसलाई लैजाने भन्ने अन्योलका कारण अध्यक्ष पुष्पकमल दाहाल यस पटक पनि पदाधिकारी चयनलाई थाँती राख्ने पक्षमा रहेको बुझिएको छ । तर अन्य नेताहरुले भने बैठक लम्ब्याएर भएपनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिईरहेका छन् । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*