माओवादी केन्द्रीय कमिटी बैठक सुरु

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १२:४६

मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिती बैठक सुरू भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो । बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

महाधिवेशन सम्पन्न भएको महिनौँ हुँदा समेत पदाधिकारी चयन गर्न नसकेपछि प्रचण्डको चर्को आलोचना भइरहेको छ । पार्टी पदाधिकारी चयनमा प्रचण्डलाई महासचिव छान्न मुस्किल परेको छ। महासचिवमा नेताद्वय वर्षमान पुन र जनार्दन शर्माले अडान नछाड्दा प्रचण्ड सकसमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*