तीन विधेयक राष्ट्रियसभाबाट पारित

बकैया दर्पण संवाददाता
१७ असार २०७९, शुक्रबार १४:५८

मकवानपुर । राष्ट्रियसभा बैठकबाट औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित भएकाे छ । शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

त्यस्तै, मन्त्री खापुङले नै पेस गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत पारित गरेकाे छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित भएको छ । राष्ट्रियसभाको आगामी बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*