जसपाले सबै मन्त्री फिर्ता बोलायो

बकैया दर्पण संवाददाता
१७ असार २०७९, शुक्रबार ११:०८

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी बैठकबाट गत सोमबार मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुलाई फिर्ता बोलाउनु भएको हो ।

यादवले नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको बुझिएको छ ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

पार्टीले फिर्ता बोलाए पनि उनीहरुले पदबाट राजीनामा भने दिएका छैनन् । जसपाबाट डा. बाबुराम भट्टराई पक्ष बाहिरिने तयारी गरिरहेकाले अध्यक्ष यादवले सम्भावित फुटबाट कम क्षति हुने गरी नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*