ओली भेट्न बालकोटमा बामदेव

बकैया दर्पण संवाददाता
१६ असार २०७९, बिहीबार १४:२९

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवासमा पुगेका हुन् । बामदेवले वाम एकीकरण र चुनावी मोर्चा लगायतका विषयमा छलफल गर्न ओलीलाई भेटेको नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए । एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । वामदेवले गत मंगलबार नयाँ राजनीतिक दल खोलेकाे घाेषणा गरेका थिए। गाैतमकाे पार्टीमा ७५ सदस्यीय केन्द्रीय समिति रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*