कांग्रेस नेता शेखर कोइराला समूहको भेला आव्हान

बकैया दर्पण संवाददाता
१६ असार २०७९, बिहीबार ०९:५९

मकवानपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला आव्हान गर्नुभएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा डाकिएको भेलामा विशेष गरी देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसभित्र कोइराला पक्षले यसअघि नै अर्थमन्त्री जनार्दन शर्माका कारण अर्थतन्त्र समस्यामा परेको निष्कर्ष निकाल्दै शर्मालाई अर्थमन्त्रीबाट हटाउनु पर्ने बताउँदैआएको छ ।

यस्तै, आजको बैठकमा पार्टीको आन्तरिक मामिला र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको ६ महिना वितिसक्दा पनि विधानअनुसार गठन गर्नुपर्ने मनोनीत तथा विभाग र समितिहरू गठन नगरेकोमा पनि कोइराला पक्षले आपत्ति जनाउँदै आएको छ । स्थानीय निर्वाचन सम्पन्न भएपछि त्यसको समीक्षाका लागि समेत केन्द्रीय समिति बैठक नराखिएकोप्रति पनि कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*