बामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’ दल घोषणा गर्दै

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार १२:२९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ । आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लाग्नु भएको हो ।

उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ ।

राष्ट्रिय सभाका सांसद गौतम नेपालका वामपन्थी दलहरुलाई एकै स्थानमा ल्याउने अभियानमा हुनुहुन्छ । शनिबार उहाँले अभियानका राष्ट्रिय भेला आयोजना गर्नुभएको थियो । गौतम अध्यक्ष रहेको पार्टीमा ६९ सदस्यीय केन्द्रीय कमिटी रहेको जनाइएको छ ।

गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित हुनु भएका गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*