गृहमन्त्री बालकृष्ण खाँणद्वारा हजयात्रीको बिदाई

बकैया दर्पण संवाददाता
१० असार २०७९, शुक्रबार ११:५१

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभएको छ । उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाई गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५ सय ५५ जनाको कोटामध्ये शुक्रबार अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । हजयात्रीलाई बिदाई गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभएको छ । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने समेत उहाँको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*