केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने एकीकृत समाजवादीको दाबी

बकैया दर्पण संवाददाता
९ असार २०७९, बिहीबार १६:२२

मकवानपुर । नेकपा एकीकृत समाजवादीले अब केही घण्टाभित्रै मन्त्रीहरु हेरफेर हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरुको हेरफेर हुने बताउनुभयो । सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने बताउनुभयो । उहाँले पहिले सरकारमा सहभागी हुँदा नै ६ महिनाभित्र मन्त्री हेरफेर गर्ने सहमति भएकाले सो निर्णय सबैले मान्नुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रीहरुले फिर्ता हुनका लागि पार्टीमा विभिन्न शर्त राखेको भन्ने कुरा हल्लामात्रै भएको उल्लेख गर्दै व्यक्तिगत कुराभन्दा पनि पार्टीको निर्णय अन्तिम हुने बताउनु भयो । उहाँले मन्त्री हेरफेरले पार्टीमा कुनै समस्या नआउने समेत बताउनुभयो । एकीकृत समाजवादीले मेटमणि चौधरी, शेरबहादुर कुँवर, हालका स्वाथ्यराज्यमन्त्री भवानीप्रसाद खापुङ, जीवनराम श्रेष्ठ र हिराबहादुर केसीको नाम नयाँ मन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पठाइसकेको छ । खापुङलाई भने स्वाथ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*