रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा, चुनाव चिन्ह ‘घण्टी’

बकैया दर्पण संवाददाता
७ असार २०७९, मंगलवार १४:५६

मकवानपुर । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा लामिछानेले नयाँ दल निर्माणको घोषणा गर्नुभएको हो । क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान गर्दै उहाँले पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो ।


लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गर्नुभएको छ । तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उहाँले बताउनुभयो । पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरूबाट चन्दा नउठाउने घोषणा उहाँले गर्नुभयो । कार्यक्रममा उहाँले पार्टीकाे प्रस्तावित चुनाव चिन्ह घण्टी राख्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*