सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको ओलीको भनाई

बकैया दर्पण संवाददाता
७ असार २०७९, मंगलवार १४:५४

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी समेत गर्नुभयो । पूर्वराजदूतहरुको समूहले आज काठमाडौंमा अन्तरक्रियामा अध्यक्ष ओलीले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तिमा पनि दलहरुबीच राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाउनु भयो । उहाँले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताउनुभयो । लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतिको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*