संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

बकैया दर्पण संवाददाता
७ असार २०७९, मंगलवार ०९:४४

मकवानपुर । संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले ‘विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*