एमालेद्वारा मूल्यवृद्धिबारे सरकारको जवाफ माग पछि सभामुखकाे रुलिङ

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १५:०७

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।
त्यसलगत्तै सभामुख अग्नीप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गर्नुभयो । सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी दिन सरकारलाई रुलिङ गर्नुभयो । आइतबार मात्र सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको थियो । पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*