पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरुद्धमा देशभर प्रदर्शन

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १२:१६

मकवानपुर । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुले आज बुटवल, विराटनगरलगायतका शहरमा प्रदर्शन गरेको हो । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

त्यस्तै विराटनगरमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुरले चक्काजाम समेत गरेका छन् । सोमबार बिहान विराटनगरको राजवशी चोकमा सवारी साधन तेस्र्याएर उनीहरूले यातायात अवरुद्ध गरेका हुन्।
यदि सरकारले मूल्यवृद्धि फिर्ता नलिए देशभर आन्दोलन गर्ने यातायात व्यावसायीहरूले चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*