एसपीपीको विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा गएनन्

प्रधानमन्त्रीले संसदको अपमान गरेको समितिको आरोप
बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार ११:३२

मकवानपुर । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आइतबार बिहानको बैठकमा बोलाए पनि प्रधानमन्त्री देउवा उपस्थीत नहुनुभएको हो । उहाँको सचिवालयले प्रधानमन्त्री धनगढीमा रहेको भन्दै बैठकमा उपस्थित हुन नसक्ने बताएको समितिकी सभापति पबित्रा निरौला खरेलले बताउनुभयो ।

आफूले आइतबार बिहानभर पनि प्रधानमन्त्रीलाई फोन गरेर बैठकमा उपस्थित हुन भने पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै सभापति खरेलले प्रधानमन्त्री देउवाले संसदको अपमान गरेको आरोप लगाउनुभयो ।

समितिले गत शुक्रबार परराष्ट्रमन्त्री डा। नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग एसपीपीका विषयमा छलफल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*