अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री देउवा नजाने

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार ११:००

मकवानपुर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। समितिले आजको बैठकमा सहभागी हुन बोलाए पनि देउवा समितिमा नजाने भएका हुन् । प्रधानमन्त्री आउन नभ्याउने जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौलाले जानकारी दिइन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाणलाई पठाउने जानकारी प्राप्त भएपछि प्रधानमन्त्रीसँग नै छलफल गर्ने गरि त्यो कार्यसूची हाललाई स्थगित गरिएको खरेलको भनाइ छ । यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई समितिले बोलाएर छलफल गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*