एमालेको विरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

बकैया दर्पण संवाददाता
३ असार २०७९, शुक्रबार १५:०६

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहनु भएको थियो ।
यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गर्नुभएको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*