अस्तित्व मेटाउन खोजेका पनि फेरि पहिलो पार्टी बनेको ओलीको दावी

बकैया दर्पण संवाददाता
२ असार २०७९, बिहीबार १४:२२

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अस्तित्व मेटाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन् ।

उनले भने, ‘पार्टीभित्रबाटै संकट पैदा गरे। बाह्य र पार्टीभित्रकै शक्तिहरू मिलेर नेपालको लोकतान्त्रिक आन्दोलनको मूल संस्था एमालेलाई कमजोर पार्ने कोसिस भयो । सिध्याउन खोजेको अवस्थामा पुगेका थियौँ। तर, हामी स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सक्यौँ ।’

साबिक नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा तयार गरेर बदनाम गर्न लागे। नेतृत्व नै विस्थापित गर्ने प्रयास भए। हामी जिवन मरणको लडाइँ लड्यौँ । हाम्रो लागि सामान्य लडाइँ थिएन । हाम्रो अस्तित्व मेटाउन खोजेका थिए। तर, आजपनि हामी प्रमुख राजनीतिक पार्टी हौँ ।’

एमाले बाहेक अरु कसैसँग विकासको भिजन नभएको बताए । एमाले एक्लै र अरू सबै एकातिर हुँदासमेत एमाले पहिलो दल बनेको दाबी गरे ।

स्थानीय तहको निर्वाचनको रुपमा एउटा महासंग्राममा सफल भएर आएको बताए । पाँच दलीय गठबन्धन सत्ताको प्रयोग गरेर धाँधली गरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*